Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

दिग्गज अभिनेता शत्रुघ्न सिन्हाले सुशान्तका प्रशंसकलाई एउटा प्रश्न!

Monday, September 7, 2020 National Power

एजेन्सी-सुशान्त सिंह राजपूतको निधनपछि रिया चक्रवर्ती थुप्रैको निशानामा परेकी छिन् । सोसल मिडियामा पनि रियाको विषयमा निकै नकारात्मक कमेन्ट गरिँदैछन् । यसैबीच दिग्गज अभिनेता शत्रुघ्न सिन्हाले सुशान्तका प्रशंसकलाई एउटा प्रश्न सोधेका छन् । शत्रुघ्न सिन्हाले भने, ‘म रियालाई चिन्दिनँ, तर यो थाहा छ कि उनी सुशान्तसँग नजिक थिइन् । यस्तो अवस्थामा सुशान्तका प्रशंसकबाट जान्न चाहन्छु कि रियासँग जस्तो व्यवहार गरिँदैछ, के त्यो देखेर सुशान्त खुसी होलान् ?

‘यो केसमा कानूनलाई नै निर्णय लिन दिनुहोस् । मैले देखिरहेको छु कि थुप्रै मानिसहरुले यो विषयमा थुप्रै धारणा व्यक्त गरिरहेका छन् । तीमध्ये धेरै मानिसहरुले थुप्रै समयदेखि समाचारमा थिएनन् । उनीहरुले यो मुद्दामार्फत् मौका पाए । यो असाध्यै दुःखको कुरा हो ।’

शत्रुघ्न सिन्हाले यसअघि पनि महेश भट्ट र रिया चक्रवर्तीको च्याट लिक भएको बेला भनेका थिए, ‘यी कुराहरु यदि पेश गर्नु नै छ भने सिबिआईको अगाडि पेश गर्नुपर्छ । हामीलाई त यो पनि थाहा थिएन कि उनीहरु बीच कस्तो सम्बन्ध थियो, पिता, गडफादर वा अन्य कुनै । रियालाई मैले भेटेको छैन । महेश भट्टले के भने, कुन आधारमा भने, कस्तो सम्बन्ध थियो ? के उनी एक पिताको रुपमा उनलाई गाइड गरिरहेका थिए वा गडफादर थिए । मलाई यसबारे बोल्ने कुनै अधिकार छैन किनभने मलाई यसबारे केही जानकारी छैन । मैले त सायद महेश भट्टलाई पनि पाँच वर्ष अघि भेटेको थिएँ । त्यसैले मलाई लाग्छ कि सिबिआईको अगाडि यी कुरा राख्नुपर्छ ।’