Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ मध्ये ६ जनालाई कोरोना पुष्टि

Monday, September 7, 2020 National Power

 

ललितपुर- ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पुल्चोकमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै एउटै अभियोगका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ । पुल्चोकमा गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए ।

कुटपीटको आरोपमा पक्राउ परेकामध्ये एकजनालाई शनिबार कोरोना भाइरसको संक्रमण थपिएको थियो । त्यसयता थप ५ जनालाई पनि कोरोना पोजेटिभ देखिएको ललितपुर प्रहरी परिसर, जाउलाखेलले जनाएको छ । अझै ५ जनाको रिपोर्ट आउन बाँकी छ ।

ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ परेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धानका लागि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद लिएको छ ।