Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

यसकारण अमिताभ बच्चनसँग कहिल्यै काम गर्दैनन् राकेश रोशन

Monday, September 7, 2020 National Power

काठमाडौं – दिग्गज निर्देशक, नायक, निर्माता, लेखक तथा सङ्गीतका राकेश रोशनले सेप्टेम्बर ६ तारिखमा आफ्नो जन्मदिन मनाए । राकेश रोशनले फिल्मी करियरको सुरुवात सन् १९७० को फिल्म ‘घर घर की कहानी’ बाट गरेका थिए । तर के तपाईंलाई थाहा छ रु राकेश रोशन किन अमिताभ बच्चनसँग काम गर्दैनन् ?

राकेश रोशन र अमिताभ सँगै काम नगर्नुको पछाडि एउटा ठूलो कारण छ । एक अन्तरवार्तामा राकेश रोशनले फिल्म किंग अंकलमा उनी अमिताभ बच्चनसँग काम गर्ने तयारीमा भएको बताएका थिए । राकेश रोशनका अनुसार ‘किंग अंकल’ उनकै लागि लेखिएको थियो । अमिताभ यो फिल्म गर्न राजीसमेत भएका थिए । पूरा स्क्रिन प्ले उनको लागि तयार गरिएको थियो तर अन्तिम समयमा अमिताभ केही नीजि समस्याले घेरिए । त्यसपछि उनले तीन–चार वर्ष ब्रेक लिने निश्चित गरे ।

त्यतिबेलादेखि राकेशले उनीसँग कुनै फिल्म साइन गरेनन् । तर अमिताभ र राकेश रोशनबीच मनमुटाव भने छैन । उनीहरु आज पनि एक–अर्कालाई निकै सम्मान गर्छन् । राकेश रोशनको धेरैजसो फिल्म अंग्रेजी अक्षर प् बाट सुरु हुन्छ । यसको पछाडि एउटा रोचक घटना छ । सन् १९८२ मा उनले ‘कामचोर’ बनाएका थिए जुन सुपर डुपर हिट भएको थियो । त्यसपछि उनले सन् १९८४ मा फिल्म ‘जाग उठा इंसान’ बनाए । जुन बक्स अफिसमा नराम्रोसँग फ्लप भयो ।

त्यसपछि सन् १९८६ मा राकेशले भगवान दादा बनाए । यो फिल्म राकेश रोशनका ससुरा जे ओम प्रकाशको निर्देशनमा बन्यो । फिल्ममा मुख्य भूमिका रजनीकान्तले निभाएका थिए । विशेष कुरा के हो भने भगवान दादाको मात्रै नभई यो ऋितिक रोशनको पनि पहिलो फिल्म थियो । उनले यो फिल्ममा बाल कलाकारको भूमिका निभाएका थिए ।

जब फिल्मको घोषणा भया तब उनका प्रशंसकले उनलाई थुप्रै पत्र पठाए । यसमा मानिसहरुले उनलाई फिल्मको नाम ‘के’ अक्षरबाट नै राख्न सुझाए । यसमा कामचोरको उदाहरण पनि दिइयो । तर राकेश रोशनले मानिसहरुको सुझावमाथि ध्यान दिएनन् । उनले यहि नामबाट फिल्म रिलिज गरिदिए । यो फिल्म फ्लप भयो । यो असफलतापछि राकेशले मानिसहरुको सुझावमा ध्यान दिए र सन् १९८७ मा फिल्म खुदगर्ज बनाए ।

यसको नाम अंग्रेजी अक्षर के बाट नै सुरु हुन्छ । अब यो संयोग थियो कि अरु नै केही, फिल्मले बम्पर कमाई गर्यो । त्यसपछि राकेश रोशले के अक्षरको साथ कहिले पनि छोडेनन् ।