Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

रियाका वकिलले भने, ‘उनी गिरफ्तारीका लागि तयार’

Sunday, September 6, 2020 National Power

एजेन्सी – सुशान्त सिंह राजपूतको मृत्युसँग जोडिएको ड्रग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार रिया चक्रवर्तीसँग सोधपुछ गर्नेछ । एनसीबीले आइतबार बिहान नै उनलाई घर पुगेर समन पठाएको थियो । ड्रग्स मुद्दामा अहिलेसम्म सुशान्तका सहयोगी दिपेश सावन्त, अब्दुल बासित, जैद विलात्रा, शोविक चक्रवर्ती रियाका भाइ, स्यामुअल र अब्बास लखानीको गिरफ्तारी भइसकेको छ । कैजान इब्राहिमलाई पनि पक्राउ गरिएको थियो तर शनिबार उनले अदालतबाट जमानत पाएका छन् ।

रियाका वकिलले भने, ‘प्रेम गर्नु अपराध हो त उनी यसको सजाय भोग्नेछिन्’ रियाका वकिल सतिश मानशिंदेले भने, ‘रिया गिरफ्तार हुनका लागि तयार छिन् । यदि कसैलाई प्रेम गर्नु अपराध हो भने उनी प्रेमको नतिजा भोग्नेछिन् । उनी निर्देष छिन् त्यसैले उनले पुलिस, सिबिआई, ईडी र एनसीको सामना गरिन् तर कुनै अग्रिम जमानतका लागि कुनै अदालतको ढोका ढक्ढकाइनन् ।’