Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नारकोटिक्स कन्ट्रोल ब्यूरोले सुशान्तका म्यानेजरलाई हिरासतमा लियो, ड्रग्स मामिलामा पहिलो पटक रियाको घरमा पनि अनुसन्धान

Friday, September 4, 2020 National Power

एजेन्सी- अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)  ले सुशान्तका म्यानेजर स्यामुअल मिरान्डालाई हिरासतमा लिएको छ । यसअघि मिरान्डाको घरमा अनुसन्धान गरिएको थियो । उता एनसीबीको समूहले रिया चक्रवर्तीको घरमा पनि अनुसन्धान गरिरहेको छ । एनसीबीले ड्रग्सको मामिलामा जैद विलात्रासमेत अहिलेसम्म पाँचजनालाई पक्राउ गरेको छ । उनीहरुले रिया, उनका भाइ शोविक र मिरान्डासँग सम्पर्क भएको कुरा स्विकार गरेका छन् ।

एनसीबीको टीमले रिया र स्यामुअलको घरमा मोबाइल, हार्ड डिस्क र ल्यापटपको अनुसन्धान गर्यो । रियाको घरको अनुसन्धान पनि गरियो ।

अनुसन्धानपछि शोविकलाई पनि हिरासतमा लिन सकिने बताइएको छ ।

एनसीबी अपरेशन सेलका डेप्युटी डायरेक्टर केपीएस मल्होत्राले भने, ‘यो सबै एक प्रक्रिया अनुरुप भइरहेको छ ।’

ड्रग्सको मामिलामा अहिलेसम्म के भयो ?

एनसीबीले पाँचजनालाई पक्राउ गरेको छ । बिहिबार जैद विलात्रालाई अदालतमा पेश गरिएको थियो । एनसीबीले अदालतसँग १० दिनको रिमान्ड मागेको थियो तर ९ दिनको रिमान्ड पायो । जैदलाई १ सेप्टेम्बरमा मुम्बईबाट पक्राउ गरिएको थियो ।

एनसीबीले ड्रग्सको मामिलामा अब्दुल बासित परिहारलाई पनि पक्राउ गरेको छ । स्रोतका अनुसार बासित र जैदको कनेक्सन रियाका सहयोगी स्यामुअल मिरान्डासँग पनि रहेको छ । उनीहरुसँगको सोधपुछमा रिया र उनका भाइ शोविकको पनि नाम लिइएको बताइएको छ ।