Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पेट शुद्धीकरण गर्ने सरल विधि

Thursday, September 3, 2020 National Power

काठमाण्डौ – खराब खानपानको कारण हाम्रो पेट र आन्द्रा डस्बिन जस्तै भएको छ । यही कारण हामी धेरैजसो पेटका रोगी छौं । कसैलाई अपचको समस्या छ भने कसैलाई पेट फुल्ने, कसैलाई एसिडिटीको समस्या छ कसैलाई ग्याष्ट्रिकको । यस्ता थुपै्र समस्याको कारण पेट फोहोर हुनुपनि हो ।

जबकी पेटमा भएको सानोतिनो समस्याले पुरा शरीरलाई प्रभावित बनाइदिन्छ । अहिले धेरैजसोले पेट र आन्द्रासँग सम्बन्धित समस्यासँग जुध्नु परिरहेको छ ।

पेटमा ग्यास, कब्जियत जस्ता समस्या त आम हुँदै गएको छ । यस्तो अवस्थामा कसरी पेटलाई प्राकृतिक रुपमा सफा बनाउने त ?

पर्याप्त पानी

बिहान उठ्नसाथ मनतातो पानी पिउने गरौं । दिनभरमा पनि पर्याप्त पानी सेवन गर्नुपर्छ । कम्तीमा ८ देखि १० गिलास पानी दिनहुँ पिउनुपर्छ । यसले गर्दा पेटको विकार पखालिन्छ ।

मनतातो पानीमा मह

यदि तपाईं ग्याष्ट्रिक वा कब्जियतको समस्याबाट ग्रसित हुनुहुन्छ भने बिहान उठेपछि मनतातो पानीमा एक चम्चा मह मिसाएर पिउनुहोस् । यसले पनि तपाईंको पेट र आन्द्रलाई शुचिकरण गर्छ । मह र पानी पिउँदा आन्द्राको विषाक्त पदार्थ बाहिर निस्कन्छ र मेटाबोलिज्म बढ्छ ।

स्याउको रसमा कागतीको रस

यदि तपाईं पेट र आन्द्रालाई सधै सफा राख्न चाहनुहुन्छ, पेटको विकार हटाउन चाहनुहुन्छ भने स्याउको रस उपयोगी हुन्छ । स्याउको रसमा कागतीको रस मिसाएर नियमित पिउने गर्नुपर्छ । यसले तपाईंको शरीरमा भएको विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

सुपाच्य खानपान

पेटको विकार हटाउनका लागि उल्लेखिन पेयले मात्र पनि पुग्दैन । तपाईंको खानपान पनि उत्तिकै राम्रो हुनुपर्छ । खासगरी सुपाच्य खानेकुरा खानुपर्छ । सजिलै पचाउने, ताजा, फाइबरयुक्त खानेकुरा तपाईंका लागि उपयोगी हुन्छ । आफ्नो खानपानमा सलाद, हरियो सागपात र फलफूललाई प्राथमिकता दिनुपर्छ ।

सक्रियता

साथसाथै तपाईं शारीरिक रुपले पनि सक्रिय हुन जरुरी छ । पेट सम्बन्धी व्यायाम गर्न सक्नुहुन्छ वा योग गर्न सक्नुहुन्छ । शारीरिक रुपमा निस्क्रिया रहँदा पनि पेट तथा आन्द्रामा समस्या देखापर्छ ।