Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

जंगली बदेलको आक्रमणमा परी दुई घाइते

Thursday, September 3, 2020 National Power

नवलपरासी- पूर्वी नवलपरासीको कावासोती नगरपालिका १७ मा मंगलबार बेलुका जंगली बदेलको आक्रमणमा परेर दुई जना घाईते भएकाछन् । आफ्नै बारीमा घास काट्न जाने क्रममा बारीमा लुकेर बसेको जंगली बदेलले ३२ वर्षीय बुहारी दिलमाया ठकुरी र ६६ वर्षीय ससुरा विष्णु बहादुर ठकुरीलाई आक्रमण गरेको थियो ।

बदेलको आक्रमणबाट बुहारी दिलमायाको शरीरका विभिन्न भागमा गंभीर चोट लागेको छ भने ससुरा विष्णुको देव्रे हातमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बदेलको आक्रमणबाट घाईते ससुरा बुहारी दुवै जनालाई थप उपचारार्थ भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।