Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

विद्या बालन रिया चक्रवर्तीको समर्थनमा देखिइन्

Wednesday, September 2, 2020 National Power

एजेन्सी-  १४ जुनमा अभिनेता सुशान्त सिंह राजपुतको आफ्नै निवासमा मृत शरीर भेटिएको थियो । उनको आकस्मिक र दुखद निधन भएकोमा इडस्ट्री नै शोकमा डुबेको थियो । हाल सीबीआईले उनको केसको अनुसन्धान गरिरहेको छ र उनको हत्या नभएको पुष्टि गरिसकेको छ ।तर, आत्महत्यामा दुरुत्साहको विषय उठिरहेको छ जसमा मुख्य आरोपी रिया चक्रवर्ती हुन् । सुशान्तको निधन पछि रिया सामाजिक सञ्जालमा सिकार भएकी छिन् । उनलाई सबैले सुशान्तको मृत्यु भएकोमा जिम्मेवार मानेका छन् ।

रियाले दिएको एक अन्र्तर्वातामा आफ्नो दोष साबित नुहँदै सामाजिक सञ्जालले आफुमाथि गलत गरेको आरोप लगाएकी थिइन् । यसपछि भने उनको पक्षमा कलाकारहरु बोल्न थालेका छन् । बलिउड अभिनेत्री विद्या वालनले पनि यस विषयमा मुख खोलेकी छिन् । उनले सुशान्तको निधनबारे रियामाथि लागेका आरोप प्रमाणित नहुँदासम्म संविधानको सम्मान गरेर सामाजिक सञ्जालमा उनीमाथि दोष लगाउन नहुने स्पष्ट पारेकी छिन् ।

तेलगु अभिनेत्री लक्ष्मी मन्चुले ट्विटरमा रियाको पक्षमा पोस्ट गरेकोमा विद्या वालनले ‘ जोडले यो कुरा बोलेकोमा तिमीलाई भगवानले आर्शीवाद दिऊन् ।’ भन्दै प्रतिक्रिया दिएकी छिन् ।

बिद्या वालनले प्रतिक्रियामा रियालाई दोष प्रमाणित नहुँदासम्म उनी निर्दोष हुन् भन्दै अगाडि लेखेकी छिन्, ‘यो दुर्भाग्यशाली कुरा हो एक प्रिय स्टारको दुखद निधनमा मिडिया सर्कस बनेको छ । यसै गरेर रिया चक्रवर्तीलाई मिडियामा तिरस्कार गरेको देखेर मेरो हृदय टुटेको छ । ‘दोषी साबित हुँदा सम्म त उ निर्दोष हो वा निर्दोष प्रमाणित हुँदा सम्म दोष लगाउनु मिल्दैन । एक नागरिकको संवैधानिक अधिकारको सम्मान गरौ र कानुनलाई काम गर्न दिउ । ’
सीबीआईले रियाका माता पितासँग पनि सोधपुछ जारी राखेको छ । सोमबार रियालाई ९ घन्टासम्म सोधपुछ गरेको थियो । सुशान्तको पिता केके सिङले २५ जुलाईमा रिया र अन्य ५ जनाको विरुद्ध पटनामाउजुरी दिएका थिए । त्यसपछि बिहारको आग्रहमा यो केसलाई केन्द्र सरकारले सीबीआईलाई अनुसन्धान गर्न जिम्मा दिएको छ ।