Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

‘डिप्रेशन’ को शिकार भएका बलिउड स्टारस् कसैले गरे आत्महत्याको प्रयास त कसैले अंगाले मृत्यु !

Sunday, August 30, 2020 National Power

एजेन्सी – भारतमा डिप्रेशनका बिरामीको संख्या उच्च रहेको छ । आमधारणामा डिप्रेशनको कारण सामाजिक प्रतिष्ठा भन्ने हुन्छ । तर यो मानिस अवस्था हो र यसलाई गम्भीर रुपमा लिन आवश्यक छ । सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि भारतको फिल्म उद्योगमा डिप्रेशनको विषयमा खुलेर कुराकानी हुन सुरु भएको छ ।

कतिपय सेलिब्रेटीले आफूले डिप्रेशनका कारण आत्महत्याको प्रयास गरेको खुलासा गरेका छन् भने कसैले डिप्रेशनकै कारण मृत्युलाई अंगालिसकेका छन् ।

सुशान्त राजपूत
बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको यसै वर्ष जुन १४ मा आफ्नै निवासमा पासो लगाएर आत्महत्या गरे । उनको मृत्युको कारण क्रिनिकल डिप्रेशन भएको बताइएको छ ।

दीपिका पादुकोण
दीपिकाले आफू डिप्रेशनको शिकार भएको कुरा खुलेर बताएकी थिइन् । उनले विगत सम्झदैँ एक टेलिभिजन कार्यक्रममा आशुँ समेत झारेकी थिइन् । उनले डिप्रेशनलाई लिएर अभियान नै सुरु गरिन् ।

शाहीन भट्ट
आलिया भट्टकी बहिनी शाहीन भट्टले करिब १५ वर्ष क्रिनिकल डिप्रेशनको शिकार भएर गुजारिन् । उनले डिप्रेशनको विषयमा किताब समेत निकालिन् । उनले किताबमा आफूले डिप्रेशन भएको समयमा पटक–पटक आत्महत्याको प्रयास गरेको समेत खुलासा गरेकी छिन् ।

करण जोहर
करण जोहर पनि डिप्रेशनको शिकार भएको थिए । उनले सन् २०१६ मा एक अन्तरवार्तामा आफूले कुनै समय आफूलाई निकै कमजोर अनुभव गरेको बताएका थिए । उनले आफूले बैठक बस्दाबस्दै मुटु कमजोर भएको अनुभव हुने र बैठकको बीचबाट उठेर डाक्टरलाई भेट्न गएको समेत बताएका थिए ।

इलियाना डिक्रुज
उनी पनि करिब ३ वर्षसम्म डिप्रेशनको शिकार भएकी थिइन् । उनले प्रायः डिप्रेशनको दौरान आत्महत्या गर्ने उपाय खोजि गर्ने गरेको बताइन् । उनले आफूले पूरै खुशी हुँदादेखि पूरै डिप्रेशनमा जाँदा सम्म आफूलाई के भएको भन्ने थाहा नपाएको बताएकी थिइन् ।

नेहा कक्कड
भारतीय गायिका नेहा कक्कड केही समय अगाडि डिप्रेशनको शिकार भएको खुलासा गरेकी थिइन् । सफलताकै बीच पनि उनी आफूलाई असफल भएको महसुस गरिरहेकी थिइन् । उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘हो म डिप्रेशनमा छु । दुनियाँका सबै नकारात्मक मान्छेहरुलाई धन्यवाद । तिमीहरुले मलाई जिन्दगीको सबैभन्दा नराम्रो समयमा पुर्याउन सफल भयौ ।’

रश्मी देसाई
टेलिभिजनकी चर्चित अभिनेत्री रश्मिले आफू पनि ४ वर्षसम्म डिप्रेशनमा रहेको खुलासा गरेकी छिन् । उनले ४ वर्षसम्म डिप्रेशनमा रहँदा आत्महत्या गर्ने कोसिसमा रहेको बताएकी छिन् । उनी व्यवसायिक रुपमा आफू सफल भएको तर भित्रभित्रै दुखी भएको खुलाइन् ।