Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

जहाँ शासकहरुले जनतासामु स्वस्थ रहेको प्रमाणित गर्न अनेक गर्नुपर्छ

Saturday, August 29, 2020 National Power


सन् १९९७ मा इराकका तत्कालिन राष्ट्रपति सद्दाम हुसेनले टिग्रिस नदी तीनपटक पौडेर पार गरे । त्यतिबेला ६० वर्ष पुगेका सद्दामको स्वास्थ्यबारे अफवाह फैलिएपछि शारीरिक रुपमा तन्दुरुस्त भएको प्रमाणित गर्न नदीमा पौडेर देखाएका थिए । उक्त दृश्य त्यहाँको टेलिभिजनले सार्वजनिक गरेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफू स्वस्थ भएको जानकारी दिन बेला बेलामा खेलकुदमा लागेको तस्बिर र भिडियो सार्वजनिक गरिरन्छन् । जुडोका खेलाडी उनी उक्त खेलमा अझै सहभागी हुन्छन् । हरेक दिन दुई घन्टा पौडी खेल्छन् । पौडी खेल्दा नै उनी रुसबारे चिन्तन गरी मस्तिष्कमा योजना तयार गर्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेला बेलामा आफ्नो स्वास्थ्य अवस्थाबारे यथार्थ सार्वजनिक गरिरहन्छन् । अमेरिकी जनताले आफ्ना राष्ट्रपति स्वस्थ छन् भन्ने जानुन् भनेर उनले यसो गरेका हुन् । ७३ वर्ष पुगिसकेका ट्रम्पको स्वास्थ्यबारे बेला बेलामा सवाल उठ्ने गरेको छ । त्यसलाई स्पष्ट पार्न ट्रम्प चेकजाँचको रिपोर्टबारे आफू या सचिवालयमार्फत् सार्वजनिक गर्न आवश्यक ठान्छन् । उनको मानसिक अवस्थाबारे प्रश्न नउठेको होइन । तर, त्यसबारे पनि चिकित्सकमार्फत् स्पष्ट पार्न लगाएका थिए । यसै वर्षको जुनमा ट्रम्पको चिकित्सकले उनको वार्षिक स्वास्थ्यबारे जानकारी गराएका छन् । ट्रम्पको बढेको तौल देखि सम्पूर्ण अवस्थाबारे खुलस्त पारे ।

युरोपका कतिपय मुलुकमा कम उमेरमै राष्ट्रपति र प्रधानमन्त्री बन्ने क्रम बढेको छ । यसको पछाडि शासन गर्ने स्वस्थ र तन्दुरुस्त होउन् भन्ने जनताको चासो र चाहना हो । युवा उमेरका नेताहरुले चुनावमा सफलता समेत हासिल गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोन युवावस्थामै प्रधानमन्त्री भएका थिए । बेलायतमा डेभिड क्यामरन ४३ वर्षमा प्रधानमन्त्री बनेका थिए ।

न्युजल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आरडरन ३७ वर्षमै प्रधानमन्त्री बनेर अहिलेसम्म देश हाँक्दैछिन् । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मिरेला मारिन ३३ वर्षकै उमेरमा प्रधानमन्त्री बनिन् ।

सँसारभर शासकहरुले आफू स्वस्थ भएको जानकारी गराउनुपर्छ । विकसित देशहरुमा शासक स्वस्थ नभए जनताले पत्याउँदैनन् । शासक स्वस्थ होउन् र जाँगरले काम गर्न सकुन् भनेर जनताले युवा उमेरकालाई नेतृत्वमा पत्याउन थालेका छन् । युरोपका धेरै देशहरुमा यस्तो भावना विकास भएको छ । त्यहाँका दलहरुका नेता युवावस्थाका हुन थालेका छन् ।

कतिपय शासकहरु आफू स्वस्थ भएको देखाउन विभिन्न गतिविधि गरेर सन्देश प्रवाह गर्छन् । पुटिन बेला बेलामा घोडा चढेको र खेल खेलेको तस्बिर सार्वजनिक भइरहन्छ
पछिल्लो समय जापानका प्रधानमन्त्री सिन्जो अबेले स्वास्थ्यका कारण राजीनामा दिए । उनी आन्द्राको समस्याले एक हप्ताभित्र दुई दिन अस्पताल गएपछि स्वास्थ्यबारे प्रश्न उठेको थियो । लगत्तै उनले राजीनामा दिए ।