Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

कोरोना संक्रमित किशोरी निको भएर घर फर्किन्

Thursday, August 27, 2020 National Power

काभ्रे- नमोबुद्ध नगरपालिकाकी कोरोना संक्रमित किशोरी उपचारपछि घर फर्किएकी छन् । १७ बर्षीया किशोरीलाई कोरोना संक्रमण देखिएपछि उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो ।पछिल्लोपटक गरिएको पिसिआर परीक्षणमा कोरोमा संक्रमण नेगेटिभ देखिएसँगै बिहीबार उनलाई डिस्चार्ज गरिएको हो । अब उनी १४ दिन होम क्वारेन्टाइनमा बस्नेछिन् ।

बिरामी भएपछि स्थानीय एक क्लिनिकबाट शिर मेमोरियल अस्पताल बनेपा हुँदै धुलिखेल अस्पताल पुगेकी उनको उपचारको क्रममा पिसिआर परीक्षण गर्दा साउन ३१ गते कोरोना संक्रमण देखिएको थियो । उनलाई कोरोना पुष्टि भएपछि गरिएको कन्ट्र्याक ट्रेसिङको क्रममा उनको परिवारका सदस्य र प्रारम्भिक उपचार गरिएको क्लिनिकका स्वास्थ्यकर्मीमा भने संक्रमण पाइएन ।

नमोबुद्ध नगरपालिकामा हालसम्म पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये चारजना निको भई घर फर्किएका छन् भने वडा नंवर ११ का एक पुरुषको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनलाई संक्रमण पुष्टि भएपछि कन्ट्र्याक ट्रेसिङको क्रममा बुधबार वडा नंवर ११ का ३५ जनाको स्वाब संकलन भइसकेको छ भने रिपोर्ट आइसकेको छैन ।