Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

२४ घन्टामा कोरोनाबाट ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

Wednesday, August 26, 2020 National Power

काठमाडौँ – कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गएको २४ घन्टामा ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार औपचारिक रुपमा पुष्टि गरेको हो । मृतकमा २ जना महिला र ९ पुरुष रहेका छन् ।

मृत्यु हुनेहरुमा

मोरङकी ४६ वर्षीया महिला
भक्तपुरकी ५३ वर्षीया महिला
कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ पुरुष
महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष
बाँकेका ३७ वर्षीय पुरुष
काठमाडौँका ५१ वर्षीय पुरुष
बाराका ४१ र ४६ वर्षीय २ पुरुष
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ ।