Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

थन्किएका सवारी मर्मतमा लाखौं खर्च

Wednesday, August 26, 2020 National Power

पोखरा-  सरकारले भदौ १ गतेदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने भनेपछि यातायात व्यवसायी सनतकुमार श्रेष्ठले १० वटा ठूला बस मर्मतसम्भार गरी तयारी अवस्थामा राखे । कोरोना संक्रमणको त्रासले गरिएको लकडाउनका कारण चैत ११ देखि रोकिएका गाडी भदौ १ गतेका लागि तयार पार्दा उनले करिब ३५ लाख रूपैयाँ खर्च गरे ।

श्रेष्ठले पोखराबाट देशका विभिन्न सहरमा ३४ वटा सुविधासम्पन्न बस चलाउँदै आए भदौ १ का लागि १० वटा मात्र मर्मत गरेका थिए । तर त्यो मितिमा गाडी सडकमा ल्याउन पाएनन्, बरु ग्यारेजमै फर्किए । अब ती गाडी कहिले गुड्छन् भनेर अनुमान समेत लगाउन सक्दैनन् ।

सरकारले भदौ १६ पछि लामो दूरीको सवारीलाई अनुमति दिने सम्भावना रहे पनि विभिन्न जिल्लामा निषेधाज्ञा रहेकाले अझै कम्तीमा एक महिना गाडी चल्ने सम्भावना व्यवसायीले देखेका छैनन् । ‘म त अनुमानसमेत लगाउन सक्दिन । सरकारले अनुमति दिए पनि गाडी निकाल्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘राजमार्गका ठाउँठाउँमा निषेधाज्ञा छ । त्यसबाहेक संक्रमणको गति पनि अझै तीव्र छ ।’ सरकारले पहिले भने झैं भदौ १६ गतेपछि पनि लामा दुरीको यातायात खुल्ने सम्भावना नदेखेको उनले बताए ।

गाडी सडकमा फर्किने निश्चित नहुँदा पछि गरिएको लगानी खेर जाने सम्भावना रहेको उनले बताए । ‘३५ लाख खर्च गरेर ती गाडी तयार पारियो । चार महिनाभन्दा बढी थन्किएका गाडी मर्मत गर्दा ऋण थपियो । तर एक दिन पनि गुडाउन पाइएन,’ उनले भने, ‘अझै एक महिना गाडी चल्ने अवस्था नहुँदा फेरि पहिले झैं लाखौं खर्चेर मर्मत गर्नुपर्ने अवस्था आउनेछ ।’

यातायात व्यवसायीका अनुसार लामो समय गाडी रोकिँदा इन्जिन आयल, ब्याट्री, टायर, टायरको ग्रिज, गियर आयल, ट्यांकीको इन्धनलगायत नोक्सान हुन्छ । यातायात व्यवसायीका अनुसार लामो समय गाडी रोकिँदा इन्जिन आयल, ब्याट्री, टायर, टायरको ग्रिज, गियर आयल, ट्यांकीको इन्धनलगायत नोक्सान हुन्ग्छ । गुडाउँदाको अवस्थामा ६ महिना चल्ने सवारी रोकिरहँदा दुई महिनामा नोक्सान हुने उनीहरूको भनाइ छ । गाडीका पार्टपुर्जामा खिया लाग्दा भनै समस्या हुने व्यवसायी बताउँछन् । ‘कम्तीमा एक महिना गाडी चल्ने अवस्था रहन्न । त्यसैले फेरि केही रकम यिनै गाडीका लागि खर्चनुपर्छ,’ उनले भने, ‘पहिले जति खर्च नभए पनि कम्तीमा ५० प्रतिशत लगानी फेरि हुन्छ ।’

पोखराबाट विभिन्न क्षेत्रमा सिधा बस सेवा दिइरहेको जगदम्बा यातायातसँग ६५ गाडी छन् । सञ्चालक केशव अधिकारीले पोखरा–काठमाडौं–पोखरा र पूर्वका गन्तव्यमा चलाउने भनेर भदौ १ गतेका लागि १२ गाडी तयार पारेका थिए । ती गाडी चलाउन बिदामा रहेका कर्मचारीलाई बोलाएर प्रशिक्षण दिनुका साथै सवारी मर्मत गरेर चिटिक्क पारेका थिए । अधिकारीले पनि गाडी गुडाउन पाएनन । मर्मतका लागि ग्यारेज लगिएका गाडी मर्मतपछि बाहिरै निकाल्नु नपरेको उनले बताए । ती गाडी मर्मतमा अधिकारीले २५ लाख रूपैयाँ खर्च गरेको आजको नागरिक दैनिकमा खवर छ ।

रिपोर्टस्क्लवबाट साभार