Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सुशान्तलाई विष दिएर मारिएको हो, नसमातियोस् भनेर पोस्टमार्टम ढिला गरियो’

Wednesday, August 26, 2020 National Power

काठमाण्डौ – अभिनेता सुशान्त सिंह राजपूतको मामिलामा सिबिआईले अनुसन्धान गरिरहेको छ । सिबिआईले हालसम्म सुशान्तको घरमा काम गर्ने सबै मानिस र उनका पूर्व अकाउन्टेन्ट रजत मेवातीसँग सोधपुछ गरिसकेको छ । यसैबीच भाजपा नेता सुब्रमण्डम स्वामीले सुशान्तलाई विष खुवाएर मारिएको र हत्यार तथा उनीहरुको शैतानी मानसिकता बिस्तारै सार्वजनिक भएको दाबी गरेका छन् । उनका अनुसार विष सुशान्तको पेटमा नै घोलियोस् भनेर पोस्टमार्टम गर्न पनि जानीजानी ढिला गरिएको हो । यसमा जो जिम्मेवार छन्, उनीहरुको कठालो समात्ने बेला भइसकेको पनि उनले बताएका छन ।                                                                       सुशान्तको मृत्युसँग जोडिएको थियो दुबई कनेक्सनः

यसअघि सुब्रमण्यम स्वामीले सुशान्तको मृत्युलाई दुबई कनेक्सन बताएका थिए । सोमबार स्वामीले ट्वीट गरेर लेखेका थिए, ‘जसरी एम्सका डाक्टरले सुनन्दा पुष्करको पेटमा वास्तविक विष पाएका थिए । त्यस्तो श्रीदेवी र सुशान्तको केसमा भएन । सुशान्तको मृत्यु भएको दिन दुबईकी ड्रग डिलर अयाशा खानसँग उनले भेटेका थिए, आखिर किन ?

रिया र महेश भट्टसँग उठाएका थिए प्रश्नः

यसअघि स्वामीले अर्को एक ट्वीट गर्दै रिया चक्रवर्तीमाथि निशाना साँधेका थिए । उनले भनेका थिए, ‘यदि रिया चक्रवर्तीले महेश भट्टसँग भएको कुराकानीसँग विरोधाभास हुन्छ भने वास्तविकतासम्म पुग्नका लागि उनलाई पक्राउ गरेर सोधपुछ गर्नेबाहेक अर्को विकल्प छैन ।’

स्वामीले गरेका थिए सिबिआई अनुसन्धानको मागः

सुशान्त सिंहकोृ परिवारका सदस्यसमेत स्वामी ती मानिसहरुमा समावेश थिए जसले यो मामिलामा सिबिआई अनुसन्धानको माग गरेका थिए । यो मामिलामा सर्वोच्च अदालतको आदेशपछि अब सिबिआईले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म सिबिआईले सुशान्तसँग नजिक भएका व्यक्ति र घरका सहयोगीसँग सोधपुछ गरेको छ । यद्यपि, अहिलेसम्म सुशान्तकी प्रेमिकासँग भने सोधपुछ गरिएको छैन ।