Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बुटवलको कोरोना अस्पतालमा २ संक्रमितको मृत्यु

Sunday, August 23, 2020 National Power

बुटवल – कोरोना संक्रमणका कारण बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका ३८ वर्षीय पुरुष र ६७ वर्षीय महिला रहेको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए । भेन्टिलेटरमा उपचाररत उनीहरुको आइतबार दिउँसो १ बजे मृत्यु भएको हो ।

डा.थापाका अनुसार पुरुष भदौ १ गते अस्पताल आएका थिए । श्‍वासप्रश्‍वास र ज्वरो देखिएपछि भदौ २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी साउन अन्तिम साता काम विशेषले बोडरमा गएको र त्यसपछि कोरोना संक्रमणको लक्षण देखिएको थियो ।

महिला साउन ३१ मा अस्पताल आएकी थिइन् । खोकी, ज्वरो र श्वासप्रश्वाशमा समस्या देखिएपछि उनलाई भदौ ३ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल आउनुअघि उनको बुटवल हस्पिटल प्रालिमा ३ दिन भर्ना गरेर उपचार गरिएको थियो । किड्नीमा समस्या भएकी उनमा पीसीआर पोजिटिभ देखिएपछि कोरोना अस्पतालमा ल्याइएको थियो । अस्पतालको आईसीयुमा अब १४ जना बिरामी रहेका डा। थापाले बताए ।