Tuesday 21st April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आजदेखि उपत्यकामा हिडडुल गर्न पनि नपाइने (निषेधाज्ञाको क्षेत्रको सुचीसहित)

Wednesday, August 19, 2020 National Power

काठमाडौं- काठमाडौं उपत्यकामा आज मध्यरातिबाट निषेधाज्ञा जारी भएको छ । मध्यराति १२ बजेबाट भाद्र १० सम्म अत्यावश्यकबाहेकको अवस्थामा हिडडुल र सवारी सञ्चालन गर्न पनि नपाइने भएको छ । हिजो काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हुन् । उपत्यकामा एकै दिन दुई सयभन्दा बढी संक्रमित थपिएपछि कडा नीति अबलम्बन हुन थालेको हो ।

निषेधाज्ञापछि अब अत्यावश्यक बाहेकका सरकारी, निजी तथा गैरसरकारी संस्थाका कार्यालय खोल्न पाइनेछैन । अत्यावश्यक बाहेक मानिसको आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ । सार्वजनिक यातायात पनि सञ्चालन हुनेछैन । अत्यावश्यक बाहेक उपत्यकाभित्र र बाहिर सवारी आवतजावतमा समेत प्रतिबन्ध लगाइएको छ ।

निषेधाज्ञामा कुन क्षेमा प्रतिबन्ध कुन क्षेत्र खुल्ला

अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन निषेध
अत्यावश्यक सेवाबाहेक सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन निषेध
अत्यावश्यक सेवाबोहक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश निषेध
काठमाडौं उपत्यकाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन निषेध
नियमित अत्यावश्यक सेवा सञ्चालन गर्नुपर्ने कार्यालय र कर्मचारीको परिचयपत्रका आधारमा मात्र आवतजावत गर्न पाउने
मेला महोत्सव, जात्रा सञ्चालन गर्न, भीडभाड गर्न, सभा जुलुस गर्न निषेध
फुटपाथ वा खुल्ला ठाउँमा ठेलागाडा वा साइकल सञ्चालन गरी व्यवसाय सञ्चालन गर्न तथा कवाडी संकलन गर्न निषेध
होटल, रेष्टुँरा सञ्चालन निषेध
शैक्षिक संस्था, खेलकुद सञ्चालन निषेध