Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत

Wednesday, August 19, 2020 National Power

पर्सा – प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत भएकी छिन् । वीरगंजबाट प्रकाशित प्रतीक दैनिको ३४ औँ वार्षिकोत्सवको अवसरमा सुवोध स्मृती फोटो पत्रकारिता पुरस्कार २०७७ यसबर्ष मध्य नेपाल पत्रिकाकी कविता खड्काले प्राप्त गरेकी छिन् । प्रतीक दैनिकको कार्यालयमा आज आयोजित एक कार्यक्रममा विच प्रधान सम्पादक जग्दीश शर्माले २५ हजार रुपियाँ पुरस्कारसहित दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

हेरक वर्ष कार्यदक्षता तथा फोटो पत्रकारिताको अधारमा पत्रिकामा प्रकाशित फोटो मार्फत छनोट भएका एकजनालाई पुरस्कृत गर्दै आएको पुरस्कार मध्य नेपाल पत्रिकाकी कविता खड्कालाई प्रदान गरिएको हो ।

२०७३ सालदेखी मध्य नेपाल सन्देश पत्रिका र मध्य नेपाल अनलाईन आफ्नौँ नेतृत्वमा सञ्चालन गर्दै आएकी पत्रकार कविता खड्का विग्त ३ वर्षदेखी निरन्तर प्रतिश्पर्धामा सामिल हुदैँ आएपनी यसवर्ष आफु पुरस्कृत भएकोमा ज्यादै खुशी लागेको बताईन् । पुरस्कारले निरन्तर लागि रहन् प्रेरित गर्ने उनले भनाई थियो । कोरोना कहर तथा लकडाउन भएकोले प्रतीक दैनिकको कार्यालयमा कार्यालयलाई निसंक्रमित गरेर ग्लब्स, मास्क लगाई स्वास्थ्य र सुरक्षाको मापदण्ड पूरा गर्दै कार्यालय कर्मचारी र पुरस्कृत व्यक्तिहरूको मात्र सहभागितामा वार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको प्रधान सम्पादक तथा सुवोध स्मृति प्रतिष्ठानका अध्यक्ष जगदिश शर्माले बताउनुभयो ।

पत्रकार जगतको कलम नरुकुन र पत्रकारिता पुरस्कारले लगन, मेहनत र प्रोत्साहन पाईरहुन् भन्ने उदेश्यले कार्यक्रम गरिएको उहाँले बताउनु भएको थियो ।
यसअघि यो पुरस्कार राम सर्राफ, राम क्षेत्री, उत्तम खडगी, जीतलाल श्रेष्ठ, मनीष पौडैल, जियालाल साह, प्रवीण मानन्धर, प्रणय साह, विजय चौहान, अरविन्द अमात्य, पंकज श्रेष्ठले प्राप्त गरेका छन् ।

यसैगरी कोरोनाको महामारीको समयमा जोखिम मोलेर अहोरात्र सेवा गर्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षँकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरेको हो । वार्षिकोत्सवको अवसरमा मा टोलमा सरसफाई गर्दै आएका सफाइ नाइके अयोध्याप्रसाद तत्वासहित ६ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
यस क्रममा स्वास्थ्यकर्मी प्रतिनिधिका रूपमा कालिका मेडिकल हालकी सञ्चालिका मीना बटाला, पत्रकार शेखर छतकुली, सामुदायिक सेवा केन्द्र मुर्लीका प्रसनि इनाकुमारी बडाल, प्रहरी जवान रविकुमार सिंह, फन एन्ड फनका बृजेश अग्रवाल, क्षीरसागर स्वीट्सका सुबोध सिंहलाई सम्मान गरिएको थियो ।

यसैगरी वार्षिकोत्सवको अवसरमा पत्रिकाका सम्पादक शत्रुघ्न नेपाललाई नगद रु १० हजार र स्तम्भकार विनोद गुप्तालाई नगद रु ५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रिकाका सम्पादक प्रताप श्रेष्ठले गर्नुभएको थियो ।