Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

Sunday, August 16, 2020 National Power

काठमाडौं – नेपालमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।

मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । यस्तै कोशी अस्पताल, बिराटनगरमा उपचाररत मोरङ र सिराहाका एकएक जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगपालिका–१३ का ३० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।

सिराहाको बिष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको पनि कोशीमै उपचारको क्रममा मृत्यु भएको छ । नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा भेटिएको थियो । दोस्रो संक्रमित १० चैतमा भेटिएसँगै लकडाउन भयो । वैशाखमा भारतबाट फर्किने नेपालीहरु बढेसँगै संक्रमण तीव्र गतिमा बढ्यो ।

कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ३ जेठमा पुष्टि भएको थियो । बाह्रबिसे, सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केसीको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । वैशाख २४ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा शिशुलाई जन्म दिएकी उनी भोलिपल्ट डिस्चार्ज भएर राम्चेस्थित घर पुगिन् । स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य केन्द्र, बाह्रबिसे हुँदै धुलिखेल अस्पताल पुगेको उनको मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

साउन ६ गतेसम्म मृतकको संख्या ३९ थियो । तर वीरगञ्जमा समुदाय स्तरको संक्रमण देखिएसँगै मृतकको संख्या बढ्यो र १४ गतेसम्म मृतकको संख्या बढेर ४९ पुगेको तथ्यांक छ ।

यो संख्या दोब्बर बढी हुन भने जम्मा १६ दिन लाग्यो । साउन ३० गते अपराह्न साढे ४ बजे आयोजित स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङमा दिएको जानकारीअनुसार मृतकको संख्या ९९ थियो । त्यसमा वीरगञ्जमा मृत्यु भएका बाराका एक युवकको तथ्यांक थिएन ।

साँझ धनुषामा मृत्यु भएका एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या १०० नाघेको छ ।