Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

कान्तिपुरका बरिष्ठ पत्रकार बानियाँ तीन दिनदेखि बेपत्ता

Wednesday, August 12, 2020 National Power

काठमाडौं – कान्तिपुर दैनिकका बरिष्ठ संवाददाता बलराम बानियाँ तीन दिनदेखि बेपत्ता भएका छन्।बुधबार बिहानम उनी हराएको भन्दै उजुरी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनका अनुसार, कान्तिपुर दैनिकले नै उनी तीन दिनदेखि सम्पर्कमा नरहेको भन्दै उजुरी गरेको थियो।आज बिहानमात्र लिखित रूपमा कान्तिपुरले उजुरी गरेको छ,उनले भने, हामीले अनुसन्धान गरिरहेका छौं। प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए। प्रहरीले उनीसँग केहीबेर सोधपुछ गरेका थिए।

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले बानियाँको अन्तिम मोबाइल लोकेशन बल्खुमा देखिएको बताए। ‘अन्तिम मोबाइल लोकेसन यहाँ देखिएकाले हामी बल्खु आएका छौं,’ शर्माले भने,‘प्रहरीले पनि अनुसन्धान गरिरहेको छ।’

तनुहँ स्थायी घर भएका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए। केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए।