Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

एक जना कर्मचारीमा कोरोना देखिएपछि अध्यागमनको सेवा बन्द

Monday, August 10, 2020 National Power

काठमाडौं –  अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि विभागको सेवा बन्द गरिएको छ । विभागको महानिर्देशक रमेशकुमार केसीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएको थियो । त्यसमध्ये ५६ जनामा कोरोना नेगेटिभ आएको छ । एक जनामा भने पोजेटिभ आएको छ ।

‘कर्मचारीमा पोजेटिभ आएपछि इमर्जजेन्सीबाहेक सबै सेवा बन्द गरेका छौं,’ उनले भने, ‘अब उहाँको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण हुन्छ ।’ उनका अनुसार विभागको केन्द्रीय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागको काम भने नियमित रहेको छ । विमानस्थलका कर्मचारीको समेत नियमित परीक्षण भइरहेको र त्यहाँ भने पोजेटिभ नपाइएको महानिर्देशक केसीले जानकारी दिए ।