Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

आठ घण्टाको सोधपुछमा स्पष्ट जवाफ भेटिएन, रियासँग इडीले पुनः गर्नेछ केरकार

Sunday, August 9, 2020 National Power

काठमाडौं – सुशान्त सिंह राजपूतको केसमा रिया चक्रवर्तीको मुश्किल बढिरहेको देख्न सकिन्छ । सुशान्त सिंह राजपूतको अकाउन्टबारे अनुसन्धान गर्दै प्रवर्तन निर्देशनालय ९ईडी० ले शुक्रबार रिया चक्रवर्तीसँग ८ घण्टा सोधपुछ गरेको थियो । यो दौरानमा रियाले इडीका केही प्रश्नको स्पष्ट जवाफ नदिएको बताइएको छ । खबरका अनुसार इडीले एकपटक पुनः रियासँग सोधपुछ गरेर अन्य जानकारी हासिल गर्ने प्रयास गर्ने बताइएको छ ।

रिपोर्टका अनुसार रिया चक्रवर्तीसँग सोधपुछका लागि इडीले अर्को एउटा समन जारी गरेको छ । इडीले रियालाई सोधपुछका लागि सोमबार पुनः उपस्थित हुन भनेको छ । स्मरण रहोस्, शुक्रबार रियालाई लामो सोधपुछपछि शनिबार उनका भाइ शौविक चक्रवर्तीसँग लगभग १८ घण्टा सोधपुछ गरिएको थियो । अब सोमबार पुनः रियासँग सोधपुछ गरिने भनिएको छ । सोमबार पनि रियासँग उनको सम्पत्ति र आम्दानीसँग जोडिएका प्रश्नको जवाफ सोध्ने अनुमान गरिएको छ ।

इडीले आफ्नो अनुसन्धानमा रिया चक्रवर्तीसँग मुम्बईको खार ईस्ट र नवौं मुम्बईमा समेत फ्ल्याट छ । त्यसपछि इडीले रियासँग यी सम्पत्तिबारे जानकारीसहित उनको पछिल्लो पाँच वर्षको इनकम ट्याक्सको माग पनि गरेको छ । स्मरण रहोस्, सुशान्त सिंह राजपूतका परिवारले रिया र उनको परिवारले सुशान्तको खाताबाट १५ करोड भारु निकालेको आरोप लगाएका छन् । त्यसपछि नै इडीले यसबारे आफ्नो अनुसन्धान सुरु गरेको हो ।