Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सोमा र सविनाको चेतनामुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्वजानिक

Friday, July 31, 2020 National Power

काठमाडौँ – नेपाली सांगितिक क्षेत्रमा सक्रिय गायिका सबिना श्रेष्ठ, सोमा खत्री तथा गायक सप्रेम सागरको सुमधुर आवाजमा नारी चेतना मुलक गीत ‘बोकी सधैं दुनियाँमा’ सार्बजनिक भएको छ।

सामाजिक कार्य र महिला ससक्तिकरणमा अग्रणी भूमिका निर्बाह गरेका दुइ महिला सोमा खत्री र सबिना श्रेष्ठले नारीहरुलाई चेतना फैलाउन तथा समाजमा घटिरहेका विभिन्न घट्नाहरुलाई उजागर गर्दै त्यसको बिरुद्ध आवाज उठाउन आव्हान गर्दै उक्त गित सार्बजनिक गरेका हुन्।

समाजिक गीतहरुमा कलम चलाउँदै आउका गीतकार देवदत्त भट्टको शब्द र सप्रेम सागरको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ विपिन भाटको सम्पादन, जनक अधिकारीको छायांकन रहेको छ भने दिनेश अधिकारिले निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा गायिका तथा माननिय कोमल ओली, अधिवक्ता राजेन्द्र शर्मा, गीतकार देवदत्त भट्ट लगायत गायिकाद्धय सोमा खत्री र सविना श्रेष्ठले समेत अभिनय गरेका छन् ।

वुढासुव्वा म्यूजिकवाट सार्वजानिक गरिएको उक्त गीतलाई आम दर्शक एवं श्रोताहरुले मन पराउनेमा गायिकाद्धय विश्वस्त रहेका छन् ।