Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

डीआरको गीतमा कार्टुन क्रुजका सरोज र आस्मा ‘छक्कै परे‘’ (भिडियोसहित)

Friday, July 31, 2020 National Power

काठमाडौं – विश्व कीर्तिमानी डा. डीआर उपाध्यायको नयाँ गीत ‘छक्कै परे‘’ सार्वजनिक भएको छ । विष्णु भट्ट र बिना भट्टराईको स्वर, विष्णुकै सङ्गीत तथा मोहित मुनालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण विश्वकर्माको रेकर्डिङ तथा श्याम श्वेत रसाइलीको मिक्सिङरमाष्टिरिङ रहेको गीतको भिडियोमा डीआर म्युजिक क्रिएशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा बिश्वकर्मालाई फिचरिङ गरिएको छ । उत्सव दाहालले छायाँकन गरेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामीले निक्कै मिहिनेत गरेर एउटा राम्रो गीत र यसको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ, सबैको साथ सहयोग पाउनेमा आशावादी छौ’, डीआरले भने । ‘मेरा अन्य गीतलाई जस्तै यसलाई पनि माया गरिदिनुहोला ।’

डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र सपनाकी रानी जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् । डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । गीत लेखेर डा। डीआर उपाध्यायले विभिन्न १५ वटा विश्व रकेर्ड राखेका छन् ।