Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

शनिबार नगर्नुस् यी ५ काम

Tuesday, July 28, 2020 National Power

एजेन्सी – शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने पनि विश्वास गरिन्छ । ज्योतिषका अनुसार शनिवार केही यस्ता कामहरु गर्न हुँदैन । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ ।

१. फलामलाई शनिको धातु मानिन्छ । शनिबार फलाम घरमा ल्याउँनुहुँदैन । यस दिन फलामबाट बनेका सामानहरु दान गर्नु शुभ मानिन्छ ।

२. शनिबार मासको कालो दाल किन्न हुँदैन । शनिबार यो दालबाट बनेको खिचडी दान गर्दा शुभ हुने विश्वास गरिन्छ ।

३. शनिबार सरसोँको तेल घरमा ल्याउँनुहुँदैन । तर, यस दिन यो तेल दान गर्न सकिन्छ । शनि देवलाई प्रशन्न बनाउन तेल शनिदेवलाई अभिषेक गराउँन सकिन्छ ।

४.शनिबार जुत्ता चप्पल किन्न हुँदैन । शनिबार जुत्ता चप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।

५.शनिदेव न्यायका देवता हुन् । शनिवार उनको विशेष पूजाआरधाना हुने भएकाले यो दिन कसैको पनि अपमान गर्नुहुँदैन ।