Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

आईपीएल यसै वर्ष युएईमा हुने

Wednesday, July 22, 2020 National Power

काठमाडौं –  इण्डियन प्रिमियर लिग (आईपीएल) टी- २० क्रिकेट प्रतियोगिता यसै वर्ष हुने र लिगका खेलहरु युएईमा हुने भएको छ । आईपीएल गभर्निङ काउन्सिलका अध्यक्ष वृजेश पटेलले १३औं संस्करणको आईपीएल युएईमा हुने बताएको ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

पटेलले बोर्डको अर्को मिटिङ बसेपछि यसबारे आधिकारिक निर्णय गरिने जनाएका छन् । उनले प्रतियोगिताको मिति भने सार्वजनिक गरेनन् । तर पछिल्लो समय सार्वजनिक रिपोर्ट अनुसार बीसीसीआईले सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म आईपीएल गर्ने तयारी गरेको पनि क्रिकइन्फोले जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस वर्ष अष्ट्रेलियामा हुने तय भएको टी-२० विश्वकप एक वर्ष सारेपछि आईपीएल गराउने तयारी थालिएको हो । पटेलले आईपीएलका लागि दुबई, अबुधाबी र शारजहाँ मुख्य भेन्यू हुने बताएका छन् । यसअघि सन् २०१४ को सिजन पनि भारतमा निर्वाचनको कारण आईपीएल युएईमा आयोजना गरिएको थियो । यसअघि आईपीएल मार्च २९ बाट हुने तालिका रहे पनि कोरोना महामारीका कारण १५ दिन पछि अर्थात अप्रिल १५ सम्मलाई सारिएको थियो । तर भारतमा कोरोना महामारीले गर्दा लकडाउन थपिएपछि आईपीएल अनिश्चित बनेको थियो ।