Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रुपन्देहीको तिलोत्तमामा समुहिक हत्या

Tuesday, June 9, 2020 National Power

काठमाडौ – रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ।

मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने नखुलेको जनाईएको छ।

घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्। कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण पुनको भैंसीफर्ममा उनीहरूको हत्या भएको हो।

प्रहरी घटनास्थल पुगिसकेको छ भने मुचुल्का उठाउने काम भइरहेको छ। एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ र ती नियन्त्रणमा लिईएका ब्यक्ति लागुऔषध दुर्ब्यसनी भएको प्रहरीले बताएको छ ।