Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

विकास निर्माणको काममा बनेपा नगरपालिकाको वडा अध्यक्षहरु

Tuesday, June 2, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा न ३ का वडा अध्यक्ष केपी दाहालले जनतासँग प्रत्यक्ष सहभागी भई वडाका विकास निर्माण समन्धिकार्य कस्तो भई रहेको छ।भनेर अनुगमन र सम्भावित विकास गर्ने सकिने उचित क्षेत्रको निरिक्षण गर्नुभयो।

बनेपा नगरभित्र वडा र नगर बाट विभिन्न क्षेत्रमा ७५/७६ को विभिन्न शिर्षकमा परेको बजेटको कार्यान्वयन भए नभएक‍ो निरिक्षण गर्नुभयो।

उक्त निरिक्षण कार्यक्रम मा बनेपा नगरपालिका वडा न ४ का अध्यक्ष श्यामसुन्दर श्रेष्ठ ,नेकपा काभ्रे जिल्ला कमिटी सदस्य तुलाप्रसाद दाहाल, रामशरण दाहाल र स्थानीय युवाहरूको सहभागिता थियो।

वडा न ३ससिपानी मा बन्दै गरेको काभ्रे भिमसेन मन्दिर निर्माण को पहिलो चरणमा सुरु भएको ट्रस्ट निर्माण र उक्त क्षेत्रलाई पर्यटन क्षेत्रको लागि पहल गर्नुपर्ने वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बताउनुभयो ।

उक्त कार्यक्रममा वडा न ३ का अध्यक्षले कामको प्रसंशा गर्दै अाफुले आवश्यकता अनुसार विकास निर्माणमा कुनै कसर नराख्ने बताउनुभयो