Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

विश्व स्वास्थ्य संगठनसँग ट्रम्पले सम्बन्ध अन्त्यको घोषणा गरे

Saturday, May 30, 2020 National Power

काठमाडौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग आफ्नो सम्बन्ध अन्त्य गर्न गइरहेको घोषणा गरेका छन् । संयुक्त राष्ट्र संघको एजेन्सीको कोष राष्ट्रपति ट्रम्पले यसअघि नै बन्द गरिसकेका छन् । डब्लूएचओ कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न सुरुबाट असफल रहेको ट्रम्पको आरोप छ । उनले डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै आएका छन् ।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्लूएचओलाई ब्यापक सुधारको अनुरोध गरेका थियौँ तर यस्तो गर्नमा ऊ असफल रह्यो । आजदेखि हामी विश्व स्वास्थ्य संगठनसँग हाम्रो नाता तोड्दैछौँ । अमेरिकी कोष अब वैश्विक जनस्वास्थ्यमा लगाइनेछ । डब्लूएचओ पूरै चीनको नियन्त्रणमा रहेको छ जबकि अमेरिकाको तुलनामा उसले निकै कम रकम दिने गरेको छ ।’

गत महिना राष्ट्रपति ट्रम्पले आफूलाई सुधार गर्न डब्लूएचओलाई एक महिनाको समय दिँदै सुधार गर्न नसके स्थायी रुपमा सहयोग कोष बन्द गर्ने बताएका थिए । ट्रम्पका अनुसार डब्लूएचओका गल्तीको पूरै विश्वले मूल्य चुकाउनु परेको बताएका थिए । उनले डब्लूएचओलाई चीन परस्त हुनबाट मुक्त हुनुपर्ने बताएका थिए ।

ट्रम्पले आफूले माग गरेको सुधार डब्लूएचओले पुरा गर्न नसकेको र चीनसँग मिलेर कोरोनाभाइरसबारे पूरै विश्वलाई गुमराह गरेको आरोप लगाए ।

चीनप्रति निशाना साध्दै उनले भनेका थिए, ‘चीनले वैश्विक महामारीको सुरुवात गर्यो र यसको मूल्य एक लाखभन्दा बढी अमेरिकीले ज्यान गुमाएर तिर्न परिरहेको छ ।

‘चीनमा पहिलो पटक भाइरस भेटिँदा सूचना लुकाइयो । चीनले पनि पूरा मामिलामा पारदर्शिता अपनाएन । चीन डब्लूएचओलाई हरेक वर्ष मात्र ४ करोड डलर कोष दिन्छ । यसको तुलनामा अमेरिकाले डब्लूएचओलाई हरेक वर्ष ४५ करोड डलर सहयोग गर्छ । हामीले डब्लूएचओलाई विस्तारमा हामीले चाहेको सुधारको बारेमा बतायौँ तर उसले यस्तो गर्नबाट अस्वीकार गर्यो ।’ ट्रम्पले संयुक्त राष्ट्रसंघमाथि पनि प्रश्न उठाउँदै आएका छन् ।

बीबीसी