Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

चीनले नाप्यो सगरमाथाको उचाइ, नेपालसँग छलफलपछि घोषणा गरिने

Thursday, May 28, 2020 National Power

काठमाडौ – चीनले सर्वोच्च शिखर सगरमाथाको उचाई पुन:मापन गरेको छ। प्राविधिकहरूको आठ सदस्यीय आरोहण बुधबार सगरमाथाको चुचुरोमा पुगेर आवश्यक तथ्यांक संकलन गरेको हो। नेपाल र चीनबीचको छलफलपछि मात्रै उचाईको घोषणा मिति तय गरिने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

उचाई मापनकै क्रममा नेपाली टोली पनि गत वर्ष सगरमाथाको चुचुरोमा पुगेको थियो। सिन्ह्वासँग कुराकानीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले भनेकी छन्, ‘हामी पनि लगभग यो प्रक्रियाको अन्त्यमा छौं। हामी चिनियाँ पक्षतर्फ भएको प्रगतिको प्रतीक्षा गरिराखेका छौं।’

आपसी छलफलपछि संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई देशको सहमति छ। नेपाल–चीनबीच गत कार्तिक महिनामा भएको सहमति अनुरुप दुवै देशका वैज्ञानिकहरूले आ–आफ्नो सीमा क्षेत्रबाट उचाइ मापनको प्रक्रिया थालेका थिए।

नेपालका तर्फबाट नापी अधिकृत खिमलाल गौतमको टोली चुचुरोमा पुगेको थियो। गत वर्ष भएको उक्त आरोहणका क्रममा गौतमले बायाँ गोडाको बुढीऔंला गुमाएका थिए।

चिनियाँ सर्वे टोलीको सफलतामा खुसी व्यक्त गर्दै गौतमले भनेका छन्, ‘यो संसारभरका नापी–प्राविधिकहरूले गर्व गर्नुपर्ने विषय हो। चिनियाँ नापी दलले प्रत्यक्ष गुरुत्वाकर्षण शक्तिको मापन गरे कि गरेनन् भन्‍नेमा मलाई निकै कौतुहलता भइरहेको छ।”नेपाल अहिले डेटा–प्रोसेसिङको चरणमा छ, हामी छिट्टै उचाइको घोषणा गर्ने स्थितिमा हुनेछौं’, उचाइ मापन कार्यक्रमका संयोजक शुशिल डंगोलले भने।

७२ सालको भूकम्पपश्चात सगरमाथाको उचाइ घटेको टिप्पणी हुन थालेपछि उचाइ मापन कार्यक्रमलाई दुवै देशले प्राथमिकतामा राखेका थिए।

#Thaha sanchar#