Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

ईद पर्वमा अल्लाहका नाममा नमाज गर्ने इस्लाम परम्परा छ : नायिका खान

सरकारले लागू गरेको लकडाउनको नियम पुर्णरुपमा पालना गर्न नायिका खानले आफ्नु समुदायका मानिसहरूलाई आग्रह गरेकी छिन ।
Sunday, May 24, 2020 National Power

                  नायिका _ सनिया खान

काठमाडौ – देश लकडाउनका कारणले एकातर्फ आक्रान्त छ भने मुस्लिम समुदायले मनाउने रमदान(रमजान) को पर्वलाई समेत कोरोना भाईरसका कारणले निक्कै ठुलो असर पुर्याएको छ ।

हरेक बर्ष आफुलाई पाएक पर्ने मस्जिदम गएर नमाज पढने र सोही अनुरुप रोजा बस्तै आएका मुस्लिम समुदायलाई यो बर्ष केही अफ्ट्यारो भएको मुस्लिम समुदाय बाट नेपाली चलचित्र क्षेत्रमा प्रतिनिधित्व गर्दै आएकि नायिका सानिया खानले बताएकी छ्न ।

तथापि संसारभरीनै कोरोनाले सबै मानवजाती लाई नै अस्त ब्यस्त बनाई रहेको अवस्थामा आफू मस्जिद नगई घरमै रोजा बसेको र सम्पुर्ण मुस्लिम समुदायलाई पनि यो बर्ष घरमै रोजा बस्न र कुरान पढ्ने सल्लाह दिने गरेको नायिका खानले बताईन ।

रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी सोमबार इदुलफित्र (ईद) मनाउँदैछन् । यसअघि आइतबार ईद मनाउने भन्दै नेपाल सरकारले सार्वजनिक विदा दिएको थियो तर पछि सो निर्णय सच्याएर जेठ १२ गते सोमबार ईद मनाउने र सोही दिन सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । फरक–फरक भूगोल विशेषमा ईदको दिन विगतदेखि नै फरक पर्दै आएको छ ।

हिजरी संवतको रमदान महिनाभर रोजा बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा रहेको नायिका सानिया खान बताउँछिन ।

नायिका खानको अनुसार “ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सद्विचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइको खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा छ ।

पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्ने परम्परा भए पनि यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मुस्लिम आयोगले समेत आह्वान गरेको छ ।