Sunday 3rd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बस र ट्रक एक आपसमा ठोक्कीदा १२ जनाको मृत्यु ,केही घाइते

Thursday, March 30, 2017 National Power

१७ चैत, होस्टन – बुधबार अमेरिकाको टेक्सास प्रदेशमा चर्च बस र ट्रक एक आपसमा ठोक्कीदा १२ जनाको मृत्यु भएको छ भने केही घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

टेक्सासको मध्यभागमा पर्ने सान एण्टोनियोदेखि १२० किलोमिटर पश्चिम तर्फ दुर्घटना भएको थियो ,न्यु ब्रुन्फेल्सको फस्र्ट बप्टीस्ट चर्चबाट १४ जना यात्रु बोकेको चर्च बस चालक मात्रै रहेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले उक्त घटनामा परी गंभिर घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने त्यहाँको दुःखद् घटनाको बारेमा अध्ययन अनुसन्धान सुरु गरिसकेको सार्वजनिक सुरक्षा विभागले जनाएको छ । दुर्घटनाको ठोस कारण अहिलेसम्म पनि स्पष्ट हुन नसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।