Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

कोरोना महामारीको बेला राष्ट्रिय गान गाएर नयाँ वर्षको सुरुवात

Monday, April 13, 2020 National Power

काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका बीच नेपालीहरुले राष्ट्रिय गान गाएर नयाँ वर्ष २०७७ सालको सुरुवात गरेका छन् ।

चिकिसत्क तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा नेपालीहरुले सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाएका हुन् ।

सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, सर्वसाधारण लगायतले बिहान ८ बजेको समयमा आफू रहेकै स्थानमा उभिएर राष्ट्रिय गान गाएका थिए । राष्ट्रिय गान गाइसकेपछि उनीहरुले ताली बजाएका थिए ।

आइतबारै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्न अहोरात्र खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजाउन सबैलाई आह्वान गरेका थिए । सिंहदरबार अगाडिको बग्गीखानामा ट्राफिक प्रहरीहरुले हातमा राष्ट्रिय झण्डा समातेर राष्ट्रिय गान गाएका थिए ।

सोमबार बिहान ट्राफिक प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तिनकुने र घर तथा चोकहरुमा मानिसहरुले राष्ट्रिय गान गाएको देखियो ।