Sunday 28th April 2024

    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण    नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ    फान अवार्डको तेश्रो संस्करण असार तेश्रो साता हुदै

इप्रका बनेपा प्रमुख तिमील्सिनाको नेतृत्वमा ‘लकडाउन’ उल्लंघन गरी हिड्ने ८४ जना नियन्त्रणमा

Friday, April 10, 2020 National Power

काभ्रेपलान्चोक – बनेपाको विभिन्न ठाँउमा लकडाउनको उलघंन गरी हिडेका ८४ जनालाई ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा नियन्त्रणमा लिएर ती ब्यक्तीहरुलाई कार्वाही गरिएको छ ।

बनेपा नगरपालिकाको बजार एरीयामा बिना काम लकडाउन उल्लंघन गरी हिड्ने ७९ जना पुरुष र ५ जना महिला इलाका प्रहरी कार्यलय बनेपाले नियन्त्रणमा लिई बनेपा नगरपालिका स्थित पुलबजारमा रहेको बनेपा फुटसलमा (COVID-19) कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अनुशिक्षण दिई २ घण्टा पश्चात छोड्ने प्रमुख तिमील्सिनाले बताए ।

नेपाल सरकारले अति आवश्यक काम बाहेक कोहि पनि घर बाट बाहिर ननिसक्न आदेश जारी गरेको थियो । कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको बेलामा अनावश्यक हिडढुल गरि लकडाउनको उलंघन गर्नहरु लाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको हो ।