Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गाडी दुर्घटना हुदा सहचालकको मृत्यु

Thursday, March 30, 2017 National Power

१७ चैत्र, इलाम – इलामको मेची राजमार्गअन्तर्गत गोदक सडक खण्डमा बुधबार भएको सवारी दुर्घटनामा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

राजमार्गमा गुडिरहेको गाडी एक्कासी भित्तामा ठोक्किएर भएको दुर्घटनामा सहचालक २० वर्षीय रञ्जित सुब्बाको मृत्यु भएको हो। काठमाडौँबाट उत्तरपुस्तिका लिएर जिल्ला शिक्षा कार्यालय इलाममा जाँदै गरेको ना १ क ४००९ नंको मिनीट्रक दुर्घटना भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।