Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आज लकडाउनको एघारौं दिने यस्तो रह्यो काभ्रे (भिडियो सहित)

Friday, April 3, 2020 National Power

काभ्रेपलान्चोक – नेपाल सरकारले अति आवश्यक काम बाहेक कोहि पनि घर बाट बाहिर ननिसक्न आदेश जारी गरेको आज एघारौं दिने हो ।कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको छ र कोहि कसैलाई पनि अनावश्यक बाहिर ननिस्कन आदेश जारी गरेको छ ।

आज एघारौं दिने ११ बजे सम्म बनेपा बजार सुनसान देखिन्थो भने कोहि पनि अनावश्यक काममा बाहिर हिडेका थिएन्न तर हिजो बनेपाको विभिन्न ठाँउमा लकडाउनको उलघंन गरी हिडेका ७८ जनालाई ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा नियन्त्रणमा लिएर ती ब्यक्तीहरुलाई कार्वाही गरिएको थियो ।

नियन्त्रणमा लिएका लाई कोरोना भाईरस सम्बन्धि सचेतनामुलक कक्षा संचालन गरी लक डाउन सम्बन्धि जानकारी गराउदै अब उप्रान्त लकडाउन उल्लंधन नगर्ने शर्तमा छाडिएको थियो भने हिजोको कार्वाही पछि आज बनेपा बजार एरिया निकै सुनसान देखिन्थो ।