Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर फेलाइनीलाई कोरोना

Sunday, March 22, 2020 National Power

काठमाडौं –  फुटबलर माराउने फेइलानीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । म्यानचेस्टर युनाइटेड र एभरटनका पूर्वमिडफिल्डर रहेका फेलाइनी कोरोना संक्रमित हुने चाइनिज सुपर लिगका पहिलो खेलाडी हुन् । ३२ वर्षीय बेल्जियन मिडफिल्डर फेलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ । फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका थिए ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । तर चीनमा भने यसको असर कम हुँदै गएको छ । यसअघि नै इटालियन क्लब युभेन्ट्सबाट खेल्ने ड्यानिएल रुगानी र पाउलो डिबलालाई पनि कोरोना पोजिटिभ देखिएको छ । रियल मड्रिडका पूर्वअध्यक्ष लरेन्जो सान्जको त कोरोना संक्रमणका कारण शनिबार ज्यानै गएको छ ।