Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अनेरास्ववियुको प्यानल विजयी आरआर क्याम्पसमा

Wednesday, March 29, 2017 National Power

१६ चैत्र, काठमाडौं – काठमाण्डौमा स्ववियु निर्वाचन एमाले भ्रातृसंगठन अनेरास्ववियु प्यानल   रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)को विजयी भएको छ । माओबादी केन्द्रको अखिल क्रान्तिकारी सहित विभिन्न विद्यार्थी संगठनको बिरोधकाबीच मंगलबार भएको निर्वाचनमा अनेरास्ववियुका तपेन्द्रबहादुर शाही ६ सय ९९ मत सहित निर्वाचित भएका हुन् उनका प्रतिद्धन्दी कांग्रेस निकट नेपाल विद्यार्थी संघका उत्तम साउदले ३ सय ६७ मत प्राप्त गरेका छन् । स्थापनाकालदेखी नै आरआर क्याम्पसमा जित्दै आएको अनेरास्ववियूका नारायण शर्मा सचिव र संगमप्रसाद देवकोटा कोषाध्यक्षमा निर्वाचित भएकाछन । सदस्यमा दिनेश बजगाई, सुजिता धिताल, जनक शाही, श्यामबहादुर विक, उर्वशी सिंह नेपाली, दीपक खतिवडा र मदन भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा कुल १ हजार २ सय ७६ मत खसेको थियो ।