Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

इटालीमा एकैदिन १९६ को मृत्यु

Thursday, March 12, 2020 National Power

रोम — विश्वव्यापी रूपमा फैलिइरहेको नोबल कोरोना (कोभिड–१९) संक्रमितको संख्या युरोप र अमेरिकामा ह्वात्तै बढेको छ । युरोपेली देशहरू इटाली, जर्मनी, बेलायत र फ्रान्स सबैभन्दा बढी प्रभावित भएका छन् ।

कोभिड–१९ का कारण इटालीमा हालसम्म ८ सय २७ जनाको ज्यान गइसकेको छ भने १२ हजार ४ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा बुधबार मात्रै थप १९६ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय १३ जनामा संक्रमण देखिएको छ । संक्रमण अनियन्त्रित भएसँगै तीन दिनयता इटालीले सबै सीमा बन्द गरिसकेको छ । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले ५ करोड ८० लाख मानिस कोभिड–१९ को संक्रमणको जोखिममा रहेको बताएकी छन् । उक्त संख्या देशको जनसंख्याको करिब ७० प्रतिशत हो । स्पेनमा हालसम्म २ हजार २ सय ७७ र फ्रान्समा २ हजार २ सय ८१ जना संक्रमित भइसकेका छन् । बिहीबार बिहानसम्म स्पेनमा ५५ र फ्रान्समा ४८ जनाको मृत्यु भएको छ ।