Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कालोबजारी रोक्न भने सरकारले अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड

Wednesday, March 11, 2020 National Power

काठमाडौँ — सरकारले करिब चार महिनालाई पुग्ने दैनिक उपभोग्य वस्तु र औषधि मौज्दात रहेको जनाएको छ । उद्योगी–व्यवसायीले पनि ग्यास, घिउ, तेल, चामल, पेट्रोललगायत सामान पर्याप्त रहेको बताएका छन् । उनीहरूले कालोबजारी रोक्न भने सरकारले अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बजारमा दैनिक उपभोग्य वस्तु र औषधिको स्थितिबारे नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल औषधि व्यवसायी संघलगायतसँग मंगलबार छलफल गरेको थियो । त्यस क्रममा दैनिक उपभोग्य वस्तु र औषधिको सहज आपूर्ति र बिक्रीमा निजी क्षेत्रले गर्न सक्ने सहयोग र सरकारी पक्षबाट खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो ।

‘औषधिजन्य वस्तुबाहेक दक्षिण (भारत) बाट आउने व्यापारमा केही समस्या छैन । चीनतर्फ संक्रमण घट्दै गएकाले रसुवागढी र तातोपानी नाकामा रोकिएका वस्तु मन्त्रालयहरूसँग समन्वय गरेर ल्याउन सकिन्छ,’ छलफलपछि अर्थमन्त्री युवराज खतिवडाले भने । अर्थमन्त्री खतिवडाले औषधिका सम्बन्धमा भारतलाई वाणिज्य मन्त्रालयमार्फत परराष्ट्र हुँदै पत्र पठाइसकेको जनाउँदै उक्त समस्या समाधान हुने दाबी गरे । ‘औषधिले पाँच महिनालाई पुग्छ । पेट्रोलियम पदार्थ तीन महिनाका लागि मौज्दात छ । आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने । मन्त्री खतिवडाले कोभिड–१९ विरुद्ध जनचेनता तथा रोकथामका लागि केही दिनमा सर्वदलीय बैठक आह्वान गरिने जानकारी पनि दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आफूलगायत व्यवसायीहरूले बजारमा भनिए, सुनिएको जस्तो दैनिक उपभोग्य वस्तु तथा औषधिमा कुनै अभाव नरहेको जानकारी छलफलमा सरकारी पक्षलाई गराएको बताए । ‘एकरदुई जनाले अवस्था ठीक छैन भन्ने भ्रम सिर्जना गरे । ग्यासलाई लिएर अस्ति दुईरतीन दिन हल्ला भयो । फेरि ठीक ठाउँमा आइसक्यो,’ उनले भने, ‘औषधिका केही आइटमबाहेक सबै आइरहेका छन् । भारतले रोकेका केही औषधि पनि नेपालमा उत्पादन हुने रहेछन् ।’ श्रेष्ठका अनुसार छलफलमा घिउ, तेल, चामल बजारमा अभाव हुन नदिने प्रतिबद्धता व्यवसायीले गरेका थिए । उनले खाद्य संस्थानमा पनि पर्याप्त मौज्दात रहेको बताए ।