Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण

Wednesday, March 11, 2020 National Power

काठमाडौं – बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् ।

डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् । बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । उनले पछिल्लो समय आफूले भेटघाट गरेका मानिसहरुको पहिचान गर्न सुरु गरिएको जानकारी पनि दिएकी छन् ।

६२ वर्षीया मन्त्री डोरिसको करियर नर्सबाट सुरु भएको थियो । चीन उद्गम भएर फैलिएको कोरोना बेलायतमा पनि फैलँदो अवस्थामा छ । यहाँ अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । भर्खंरै मात्र एक ८० वर्षीय वृद्धको मृत्यु भएको थियो । ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ ।