Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बिदुर घिमिरेको मौलिक लोक दोहोरी गीत “डाँडा पारीमा” सार्बजनिक

Sunday, March 8, 2020 National Power

राजु बोहरा–काठमाडौँ । पछिल्लो समय सिंगो सांगीतिक क्षेत्र ब्यवसाहिक रुपमा धरासाही भएता पनि कलाकारहरुले उत्कृष्ट गीत संगीतका सृजनाहरु बजारमा ल्याउन पछी परेका छैनन् । सोहि क्रममा बिगत निकै लामो समय यता यसै क्षेत्रमा क्रियासिल गायक तथा सर्जक बिदुर घिमिरेले पनि भर्खरै अर्को सांगीतिक कोसेली लिएर बजारमा आएका छन् । उनको पछिल्लो गीत डाँडा पारीमा बोलको रहेको छ । प्रस्तुत गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र प्रस्तुतकर्ता स्वयम् बिदुरको सुमधुर स्वर सुन्न सकिन्छ ।गीतलाई लय तथा शब्द सिर्जना भने कृष्ण दाहालले भएका छन् ।

मौलिक स्वादमा तयार भएको गीतका गायक तथा सर्जक बिदुर घिमिरे र आयुष्मा कार्कीको रहेको छ । त्यसो त यस भन्दा अगाडी पनि बिदुरले केहि गीतहरुमा अभिनय गरिसकेका छन् । डाँडा पारीमाू बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मनोज सुबेदीले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन शिलन लम्सालले गरेका छन् । यसरी निकै दुख कष्टको साथमा बजारमा ल्याइएको गीतहरुलाई हामी सम्पूर्ण संगीत पारखी मनहरुले हेरेर सुनेर कलाकारहरुलाई प्रत्साहन गर्नु पर्ने आजको आवस्यकता हो । हामि यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।