Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

निर्देशकले गरे भट्टराईको परिवारलाई सहयोग

Tuesday, March 3, 2020 National Power

स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन ।

निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदिप पराजुलीले विकास वोर्डका पुर्व अध्यक्ष तथा सहयोग संकलन समितिका संयोजक राजकुमार राईलाइ निर्देशक दिपाश्री र सञ्चारकर्मी प्रकाश सुवेदीलाई निर्देशकहरुले पठाएका रकम हस्तान्तरण गरे ।
अमेरिका बस्दै आएका चलचित्र निर्देशक नारायण पुरी, गोपाल चन्द्र लामिछाने, दिनेश कार्की,किशोर सुब्बा, अक्की शर्मा,यादब सिलवाल,बीबी फुँयाल र सुमन दाहाल मार्फत आएको उक्त नगद हस्तान्तरण गरिएको हो । सञ्चारकर्मी सुवेदीले यो रकम स्व.केशव भट्टराईकी पत्नीलाई प्रदान गरिने जानकारी दिए । सहयोग गर्न चाहनेले बैंक खाता सिटिजन बैंक कपन शाखामा खाता नम्बर ०२४०१०००००५०७०४१ जमा गराइदिन पनि उनले आग्रह गरे ।