Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

छाड्नुहोस्, अरुले के सोच्छन् ?

Monday, March 2, 2020 National Power

यस्तो लुगा लगाएर हिँड्नु र ?  अरुले के भन्लान् ? घरबाहिर यसरी काम गर्नु र ?  आफन्तले देखे लाज लाग्दैन ? पैदल हिँडेर कार्यलय जानु र ?  चिन्नेहरुले देख्यो भने के सोच्लान् ? यसपाली चाडपर्वमा धेरै खर्च नगरौं भनेको , तर, छिमेकले के ठान्लान् ?

हामी जब कुनैपनि निर्णयक मोडमा हुन्छौं, स्वविवेकले निर्णय गर्न डराउँछौं । कुनैपनि निर्णय लिइरहँदा हामी आफ्नो मनलाई होइन, अरुको आँखालाई सोध्न थाल्छौं । अरुले के भन्लान् ?  के सोच्लान् ?  भनेर आफ्नो निर्णयबाट पछि हट्न थाल्छौं । जबकी हामीले आफ्नो लागि कुनैपनि काम गर्दैछौं वा निर्णय लिदैछौं भने त्यसमा आफ्नो विवेकको प्रयोग गर्नुपर्छ । आफुलाई के सहज लाग्छ, के राम्रो लाग्छ, के ठिक लाग्छ ?  सोच्नुपर्छ । जब ‘अरुले के भन्छन् ?  भनेर हामी डराउन थाल्छौं, हामी आफु चाहिँ अप्ठ्यारोमा फस्न पुग्छौं ।

अरुलाई हानी पुर्‍याउने, अरुलाई असहज बनाउने, अरुलाई दुःख पुग्ने कुरामा भने सजग हुनैपर्छ । तर, नितान्त आफ्ना लागि लिइने निर्णयहरुमा अरुसँग डराउन वा हच्किनु किन रु अरुले आफ्नो बारेमा के सोच्छन् भन्ने कुरा महत्वपूर्ण होइन । खासमा त हामीले आफुलाई के सोच्छौं रु महत्वपूर्ण कुरा यो हो ।

हामी को हौ रु के हौ ?  आफुले आफ्नै मूल्यांकन गर्नु उत्तम हुन्छ । अरुले आफुलाई कसरी मूल्यांकन गर्छन् भनेर सोच्न थालियो भने हामी आफु जस्तो हुनुपर्ने हो त्यस्तो हुँदैनौं । अरुले जस्तो सोच्छन्, त्यस्तै हुने अभ्यासमा लाग्छौं । र, हरेकको सोंच फरक हुन्छ । हरेकले गर्ने मूल्यांकन फरक हुन्छ । संसारमा सयथरी मान्छे हुन्छन् । उनीहरुले सोचे जस्तो बन्न थाल्नुभयो भने तपाईंले आफ्नोपन गुमाउनुहुन्छ । त्यसैले हामीले लिने कुनैपनि निर्णयमा आफ्नो मन र विवेकको प्रयोग गर्नुपर्छ ।

जस्तो, हाम्रो आयस्रोत सीमित छन् । तर, घरमा कुनै सदस्यको विवाह गर्नुपर्ने भयो । यतिबेला हामीले विवाहको तयारी गर्दा आफ्नो आयश्रोत वा क्रय-क्षमता हेर्दैनौं । बरु, छिमेकी, आफन्त वा फलानोले के भन्छन् रु कसो गर्छन् भनेर सोच्न थाल्छौं । हामीले विवाहको लागि त्यही किसिमको तयारी गर्न सक्नुपर्छ, जो हाम्रो आर्थिक हैसियतले भ्याउँछ । अरुलाई देखाउने वा छिमेकीसँग देखासेखी गर्ने चक्करमा लागियो भने हामी ऋणमा डुब्न सक्छौं ।

कतिसम्म भने, हामी आफुले कुनै पहिरन लगाइरहँदा पनि सोच्छौं कि अरुले देखेर के भन्लान् रु उक्त पहिरनले आफुलाई कति सहज लागेको छ ?  कति सुहाउँदो लागेको छ ?  सोच्दैनौं । केवल सोच्छौं, यस्तो लुगा लगाएको देखेर अरुले के सोच्छन्कु? नै सानोतिनो उद्यम वा व्यापार गर्न मन लाग्यो । ठेलामा मम बेचेर पनि काइदा कमाई हुन्छ । साँझ वा बिहान एकाध घण्टा ठेलामा मःम बेच्न सकिएला । तर हामी यसकारण डराउँछौं कि, अरुले देखेर के भन्छन् ? कतिपय व्यक्तिहरु सामान्य घरायसी काम गर्न हच्किन्छन् । कुचो लगाउन लजाउँछन् । लुगाफाटो धुन लजाउँछन् । जुठो भाँडा माझ्न लजाउँछन् । किन ?

किनभने उनीहरु सोच्छन्, ‘अरुले देख्यो भने के होला ?

यसरी ‘अरुले के सोच्छन् रु’ भन्ने डरले नै हामी धेरै कुरा लुकाउँछौं । गर्नुपर्ने काम गर्दैर्नौं । अरुको सोचाई अनुरुप आफुलाई बदल्ने यत्नमा बुख्याँचा जस्तै बन्न पुग्छौं । न अरुको चित्त बुझाउन सक्छौं, न आफ्नोपन कायम राख्न नै । एउटा यसप्रकारको चित्र छ । एक दम्पती खच्चडमा चढेर कतै गइरहेका छन् । बाटोमा रमितेले देख्छन् र टिप्पणी गर्छन्, ‘कस्ता निर्दयीहरु, एउटा निर्धो जनवारमा दुई(दुई जना चढेका छन् ।’

बटुवाको कुरा सुनेपछि खच्चडमा चढेकी श्रीमती ओर्लन्छन् । श्रीमान् चढेको खच्चडलाई डोहोर्‍याउन थाल्छन् । बाटोमा कसैले देख्छन् र भन्छन्, ‘हेर त, बुढा पनि कस्ता रु आफुचाहिँ आनन्दले खच्चडमा चढेर बुढीलाई हिँडाउने ? यस्तो कुरा सुनेपछि श्रीमानले आफ्नी श्रीमतीलाई खच्चडमा चढाउँछन् । र, आफु हिँड्न थाल्छन् । बाटोमा फेरी कसैले उनीहरुमाथि टिप्पणी गर्छन्, ‘कस्ती बुढी ?  हेर त बिचरा बुढालाई हिँडाएको ?  यस्तो सुनेपछि श्रीमती पनि ओर्लन्छन् । उनीहरु दुबै खच्चडलाई डोहोर्‍याउँदै हिँड्छन् । तर, यति गर्दापनि कहाँ अरुको चित्त बुझ्छ र ? बाटोमा मान्छेहरु गिज्याउन थाल्छन्, ‘कस्ता मूर्ख बुढाबुढी ?  खच्चड हुँदाहुँदै पनि त्यसमा नचढेर डोहोर्‍याउँदै हिँडिरहेका छन् ।’

अरुले के भन्छन् ?  के सोच्छन् भनेर सोही अनुसार गर्न थालियो भने उही दम्पतीको हालत हुन्छ । त्यसैले अरुले के भन्छन्, के सोच्छन् भन्ने कुरा छाड्नुहोस् । तपाईं आफुले के सोच्नुहुन्छ ? मनन गर्नुहोस् । आफ्ना लागि जे सहज, सरल लाग्छ त्यही गर्नुहोस् ।