Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गौतम समाजले गर्ने भयो कुल पुजा

Tuesday, February 18, 2020 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
६ , फागुन / बनेपा – काभ्रे गौतम समाज काभ्रेको आयोजनामा सामुहिक कुलपुजा हुने भएको छ । चौरिदेउराली ६ काभ्रेका सबै गौतम बन्धुहरु छुट्टीएर देश तथा बिदेश जानू भएको छ जो जहाँ भए पनि सबै लाई एक मुस्ट गराउने र सबै पुख्र्यौली ( सन्तु उपाध्याय ) का सन्ततिहरु लाई समेटेर कुलपुजा गर्न लागिएको गौतम समाज काभ्रेका अध्यक्ष माधव गौतमले जानकारी दिनु भयो ।

चौरिदेउराली ६ काभ्रेका गौतम बन्धुहरुको सामुहिक कुलपुजा यहीँ आउदो फागुन १६ गते शुक्रबारका दिन हुन लागेको गौतम समाजका महासचिव गोकुल गौतमले जानकारी दिनु भयो साथै गौतम समाजको कुलपुजा भने सिम्पानी चौर ज्यामिरेमा ६ मा हुने भएको छ ।

सन्तु उपाध्यायका सन्ततिहरु सम्पुर्ण छुट्टीएका बसेका पुख्र्यौली गौतम बन्धुहरुलाई एकमुस्ट कुलपुजा गराउने उद्देश्यका साथमा गौतम समाज काभ्रेले कुलपुजाको आयोजना गर्न लागेको बताइएको छ ।