Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

सरकारले दियो धार्मिक सभा सञ्चालनको अनुमति, तेस्रो मुलुकबाट आएकालाई फर्काइँदै

Friday, February 14, 2020 National Power

सप्तरी –  नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट आएका मुस्लिम समुदायलाई फर्काउने शर्तमा सरकारले सप्तरीको बोदेबर्साइन नगरपालिकामा धार्मिक सभा सञ्चालन गर्न अनुमति दिएको छ । धार्मिक सभा सञ्चालनको अनुमति पाएसँगै मुस्लिम समुदायले सभाको तयारी तीव्र पारेका छन् । सभा यही फागुन ३ गते शनिबारदेखि सुरु हुँदैछ ।

गृह मन्त्रालयले नेपाल र भारतका धर्माम्बलीलाई मात्रै सहभागी गराउने भनिए पनि तेस्रो मुलुकहरुबाट पनि बोलाइएको भन्दै बिहीबार सभा सञ्चालनमा रोक लगाएको थियो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृह मन्त्रालयले सभा सञ्चालनको अनुमति दिएको छ । ‘तेस्रो मुलुकबाट आएकाहरुलाई फर्काउने शर्तमा हामीले सभा सञ्चालन गर्न भनेका छौं,’ सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाइँले अनलाइनखबरसँग भने, ‘अन्य देशबाट आउनेहरुलाई आयोजकले नै फिर्ता पठाउन थालेका छन् ।’

एसपी प्रसाईंले नेपाल र भारतबाहेकका दुई सय जनासम्म सभास्थलमा आइसकेको बताउँदै उनीहरुलाई फर्काउने काम आयोजकले नै गरिरहेको बताए । सभामा नेपाल र भारतबाट मात्रै मुस्लिम धर्मका अगुवालाई बोलाउने भनिए पनि पाकिस्तान, दुबई, कतारलगायतका देशहरुबाट समेत बोलाइएपछि सुरक्षाको कारण देखाउँदै सभालाई रोक्न गृह मन्त्रालयले सर्कुलर गरेको थियो ।