Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना

Tuesday, February 11, 2020 National Power

काठमाडौं – गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसाला भएको छ । जिल्ला अदालत, काठमाडौंले आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले उनलाई कैद र जरिवाना सजाय तोकेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले अनलाइनखबरलाई बताए । पौडेललाई १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ गरेको भनिएको थियो ।

यद्यपि, प्रहरीले उनलाई भारतमा पक्राउ गरेको त्यसअघि नै सार्वजनिक भएको थियो ।