Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

उत्तरी सीमा व्यवस्थापनबारे बेइजिङमा छलफल

Tuesday, January 7, 2020 National Power

काठमाडौं – भारतसँगको सीमा विवाद चर्कीरहेका बेला नेपाल र चीनबीच सीमा व्यवस्थापनबारे छलफल भएको छ । चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र चिनियाँ पब्लिक सेक्युरिटी मन्त्री तथा स्टेट काउन्सिलर झाउ केझीबीच सोमबार बेइजिङमा दुई देशको सीमा व्यवस्थापनबारे छलफल भएको हो । सरकारले गत कात्तिक २९ गते नेपाल चीन अन्तराष्ट्रिय निरीक्षण समिति बनाएको छ ।

दुबै नेताहरू सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्नका लागि कानून कार्यान्वयनका लागि एकअर्काबीच सूचना आदानप्रदान तथा सहयोग गर्न सहमत भएका छन् । सीमा व्यवस्थापनको अलावा सार्वजनिक सुरक्षामा द्विपक्षीय सहयोग, सीमा वारपार अपराध नियन्त्रण, क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटमा गृहमन्त्री थापाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालभित्र चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दोहोर्‍याएका थिए । उनले सामाजिक-आर्थिक विकास, सुरक्षा, मानवस्रोत विकास, आपतकालीन राहतका गरेको सहयोगका लागि चीनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको गत अप्रिलमा भएको चीन भ्रमण तथा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याएको थापाको भनाइ थियो ।