Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

बहिनीद्वारा दिदीको हत्या

Monday, March 27, 2017 National Power

१४ चैत्र, दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर ३ काटैमा बहिनीले आफ्नै दिदीको ढुंगा प्रहार गरी हत्या गरेकी छिन । शनिबार राती ३५ वर्षीया चैतीदेवी कार्कीले ५० वर्षीया नारमा कार्कीलाइ ढुंगाले हानेर हत्या गरेकी हुन । चैतीदेवीले श्रीमानको वार्षिक पुणतिथि बनाएकी हुन । श्रीमानको मृत्यु भएपछि, मानसिक अवस्था ठिक नभएकी कार्कीले राती घरमै सुतेको बेला दिदीको हत्या गरेको आफन्तले बताएका छन् ।

सँगै सुतेको बेला राती उठेर चुलोमा प्रयोग गरिएको ढुंगाले टाउँकोमा हानेर हत्या गरेको परिवारले जनाएको छ । घट्ना राती साढे तीन बजे भएको हो भने घट्ना बारे जिल्ला प्रहरी कार्यालयमा बिहान ४ बजे खबर पाएको थियो ।बहिनीले
घट्नामा संग्लन कार्कीलाई प्रहरी चौकी खण्डेश्वरीले नियन्त्रणमा लिएको डिएसपी केदार खनालले जानकारी दिनुभयो । मृतक शवलाई पोष्टमार्टमको लागि गोकुलेश्वर अस्पताल लैजाने भएको छ भने मृतकका दुइ छोरा र १ छोरी छन् ।