Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रदेश २ मा बमको त्रास

Sunday, December 15, 2019 National Power

प्रदेश २ का जिल्लाहरुमा पछिल्लो समय बम भेटिने तथा बिष्फोट हुने क्रम बढेको छ । खास गरेर सरकारी कार्यालयहरुलाई लक्षित गरेर बम राख्ने तथा बिष्फोट गराउन थालिएको छ । यसले सार्वसाधारणमा त्रास बढेको छ ।

शुक्रबार राति साहका घरमा बिष्फोट भएकै समयमा सिरहामा एक गाउँपालिकाको कार्यालयमा पनि बिष्फोट भयो । लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा शुक्रबार राति ११ बजेतिर भएको बिष्फोटबाट कार्यालयको झ्याल र ढोकामा क्षति पुगेको छ भने जस्तापाता उडेको छ । बम कसले पड्काएको हो भन्ने कुरा खुल्न सकेको छैन । बम विस्फोटबारे अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी अपिलराज बोहराले बताए ।

नगरपालिकामा पछिल्लो केहि दिन यता हरहिसाब सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ । २३ मंसिरमा महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित डिभिजन वन कार्यालयको प्राङ्गणमा पार्किङ गरी राखिएको गाडीमुनि झोलाभित्र प्रेसर कुकर बम भेटिएको थियो । बमलाई नेपाली सेनाको बम टोलीले निष्कृय गरेको थियो ।

यसअघि १३ मंसिरमा सिरहाको धनगढीमाई नगरपालिका १० मा पनि प्रेसर कुकर बम फेला परेको थियो । प्लाष्टिकको झोलामा राखिएको बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको थियो । १२ मंसिरमा महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी – नेकपाका नेता विक्रम चौधरीको घरमा बिष्फोट हुँदा सामान्य क्षति भएको थियो ।

२६ कात्तिकमा इशनाथ नगरपालिका ४ स्थित मठिया प्रहरी चौकीमा बिष्फोट भयो, प्रहरी जवान रंजित कुमार घाइते भए । यस्तै २७ असोजमा कर्जन्हा नगरपालिका ३ स्थित कमला नदीको छेउमा सकेट बम फेला परेको थियो ।