काठमाण्डौ- सि. आर. एस्. को आर्थीक सहयोग र स्वारा सघन गाउँ विकास केन्द्रको समन्वयमा केईसि सर्भिस प्रा.लि. ले गोरखाको विकट साविकको ६ वटा गाउँविकास समितिहरु क्रमशः लापु, मान्वु, तान्द्राङ्ग, थुमी, आरु आरवाङ्ग र आरु चनौटेमा नेपाल सरकारको मापदण्ड अनुसार भूकम्प प्रतिरोधि ४५ वटा घरहरु निर्माण गरी तोकिएकै समयमा स्तरिय कार्य गरेको भन्दै स्वारा सघन गाउँ विकास केन्द्रले केईसी सर्भिस प्रा.लि.का प्रवन्धक निर्देशक दिर्घ राज जोशीलाई एक कार्यक्रमका विच गोरखामा भव्य सम्मान गरेको छ ।

विगत लामो समय देखी ईन्जिनियरिङ्ग र समाज सेवामा अग्रपंक्तीमा रहँदै आएका जोशीलाई स्वारा सघन गाउँ विकास केन्द्रका सिताराम श्रेष्ठले सम्मान गर्नु भएको हो । कार्यक्रममा संस्थाका अन्य प्रतिनिधि एवं समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
